back
NMB ad

बागलुङका बाढी पीडितलाई सहयोग

Kumari bank ad

बागलुङ । बागलुङका विभिन्न ठाउँमा बाढीबाट पीडित भएकाहरुलाई बागलुङ समाज पोर्चुगलले ९ लाख ४० हजार रुपैया सहयोग गरेको छ ।

समाजले ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि ८ लाख, तमान र निसीखोलाका बाढी पीडितलाई ४० हजार र जैमिनी नगरपालिकाका बाढी पीडितलाई १ लाख रुपैया सहयोग गरेको छ ।

ढोरपाटनमा पहिरोमा परी धेरै जनधनको क्षति भएपछि बागलुङबाट पोर्चुगल गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलले आर्थिक सहयोग संकलन अभियान थालेको थियो ।

बागलुङ समाज पोर्चुगलले संकलन गरेको ९ लाख ४० हजार रुपैया मध्ये १ लाख रुपैया जैमिनीका बाढी पीडितलाई, ८ लाख रुपैया ढोरपाटनका बाढी पीडित तथा ४० हजार रुपैया तमानखोला र निसीखोला गाउँपालिकाका बाढी पीडितलाई सहयोग प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिनुभयो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पाएर घम बहादुर थापाको सहजीकरणमा ढोरपाटनका बाढी पीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो । ढोरपाटनमा २३ मृतकका परिवारलाई ९ हजारका दरले र ७३ क्षतिग्रस्त घरपरिवारलाई ८ हजारका दरले तथा जैमिनीमा ३ मृतकका परिवारलाई १५ हजार ५५ र ६ क्षतिग्रस्त घर परिवारलाई ९ हजार १ सय ४० का दरले रकम हस्तान्तरण गरेका छौ, अध्यक्ष खड्काले भन्नुभयो –‘सानो सहयोगले पीडित परिवारमा सहयोग पुग्ने देखेर हामीले सहयोग संकलन अभियान शुरु गरेका थियौ, जुन एक हदसम्म सफल भएको हामीले ठानेका छौ ।’

भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २३ जनाको मृत्यु भएको भने १४ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।

 

बाढीले ८० घर पूूर्ण रुपमा क्षति गराएको छ । ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

पोर्चुगल समाजले संकलन गरेको सहयोग अभियानमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरु राहत वितरणमा सहयोग गर्ने खेलाडि, जिल्ला सहकारी संघ बागलुङ लगायत सहयोगी सबैलाई समाजका अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

समाजले संकलन गरेको रकम मध्ये जैमिनीका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको सहजीकरणमा रकम हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७७ असोज ८ बिहीवार १२:५१ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...