back
NMB ad

तत्काल विद्यालय संचालन नगर्न प्रशासनको उर्दी, भर्खरै आयो यस्तो विज्ञप्ति

Kumari bank ad

स्याङजा । स्याङ्जा प्रशासनले जिल्लामा तत्काल शैक्षिक गतिविधि संचालन नगर्न सुझाव दिएको छ ।

 

सुझावलाई उल्लंघन गरी कोरोना संक्रमण फैलिए उत्पन्न परिस्थितिको जिम्मेवारी स्थानीय पालिका वा विद्यालयले नै लिनुपर्ने गरी चेतावनी दिएको छ।

जिल्लामा अझैं पनि संक्रमणको दर बढिरहेको जनाउँदै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठन अघि नबढाउन विज्ञप्तिमार्फत जानकारी गराएको हो।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तीमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरितका कार्य गर्ने प्रयास भएको उल्लेख छ ।

विज्ञप्तिमा ’प्रत्यक्ष सिकाइ अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजिएको पाइएकाले सामुदायिक तथा संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालय र पालिका रहने भनि सचेत रहन सुझाव दिइएको छ।

विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । केही शिक्षक र उनीहरुका परिवारमा समेत संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अध्ययन अध्यापन नगर्न भनिएको हो।

वि.सं.२०७७ असोज ९ शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...