back
NMB ad

कोरोना महामारीपछि ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

Kumari bank ad

काठमाडौं । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र(सीसीएमसी) का अनुसार बिहीवारसम्म जहाजमार्फत ३२ ओटा मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन ।

केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेशियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमानबाट १ हजार १५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले बताएको छ ।

फर्कने मध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको बताइएको छ ।

वि.सं.२०७७ असोज १० शनिवार ०८:२६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...