back
NMB ad

विद्यालयहरु आशिंक रुपमा खोल्न दिने निर्णय

Kumari bank ad

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका विद्यालयहरु आशिंक रुपमा खुल्ने भएका छन् ।

 

नगरपालिकाको नगर शिक्षा समितिले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ र कोरोना भाइरसको सन्दर्भमा डब्लुएचओले निर्धारण गरेका स्वास्थ्य सम्वन्धि न्यूनतम मापदण्डको अवलम्वन गरेर विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

सो निर्णयअनुसार आजदेखि नगरपालिकाका विद्यालयहरु खुल्ने र शिक्षकहरु अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइ शैक्षिक शत्र २०७७ को चैत्र मसान्त सम्मको विषयगत शैक्षणिक कार्ययोजना निमार्ण गरि प्रधानअध्यापक समक्ष पेश गर्नुपर्ने नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।

उहाँले हाललाई विद्यालयमा एकपटकमा बढिमा २५ जना विद्यार्थी उपस्थित हुनेगरी समुहगत रुपमा कक्षा ८, ९ र १० कक्षाहरु संचालन हुने बताउनुभयो ।

यसरी विद्यालयहरुले कक्षा संचालन गर्दा शिक्षक र विद्यार्थीहरु अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने , विद्यालयको हाता भित्र हात धुने साबुन पानिको व्यवस्था गर्ने, कक्षाकोठा दैनिक रुपमा सेनिटाइज गर्ने र एउटा वेन्चमा दुई जना मात्र विद्यार्थी बस्ने व्यवस्था मिलाउनुपर्ने नगर प्रमुख रामचन्द्र चौधरीले बताउनुभयो ।

सो मापदण्ड पालना गरिएको नगरिएको नगरपालिकाले अनुगमन गर्ने र पालना नगर्ने विद्यालयलाई कारवाही गरिने उहाँले चेतावनी दिनुभयो ।

वि.सं.२०७७ असोज ११ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...