back
NMB ad

सुपर आँखुखोला जलविद्युत आयोजना अब प्रभु बैंकको नेतृत्वमा बन्ने

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ ।

 

आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचयकोष र कृषिविकास बैंकले गोरक्ष हाइड्रोपावरद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचयकोषले रु.८५ करोड र कृषिविकास बैंकले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजीमार्फत जुटाउनेछ ।

ऋण संझौतामा सह वित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचयकोषका ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन ।

धदिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न गरी सकेको छ ।

 

विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथदिंदै बिद्युत तथा उर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्यबमोजिम बैँकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको बैंकले जनाएको छ ।

 

वि.सं.२०७७ असोज ११ आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...