back
NMB ad

शेयर बजार : यी दुई कम्पनीको सर्वाधिक कारोबार, यस्तो छ पछिल्लो अवस्था

Kumari bank ad

काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५ दशमलव ४१ अंकले घटेको छ ।

 

कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ३५ प्रतिशत घटेर १ हजार ५५५ दशमलव ४२ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको १४ हजार २१४ पटकको कारोबारमा ३२ लाख ५१ हजार १०३ कित्ता शेयरको रू. ७२ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये वित्त, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ११९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अरुण कावेली पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २२१ मा रू. ७ करोड ३१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १३:१७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...