back
NMB ad

भोलिदेखि संचालन हुँदैछ सहुलियत पसल : कुन खाद्य वस्तु कति सस्तो ?

Kumari bank ad

काठमाडौं । भोलिदेखि सहुलियत पसल संचालन हुने भएको छ ।

 

हरेक वर्षजस्तै यस वर्ष पनि दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत् बिहीबार (असोज १५ गते) बाट सहुलियत पसल संचालन गरिने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी, दाल, खसी, च्याङ्ग्रालगायत उपभोग्य वस्तुहरु बजार मूल्य भन्दा सस्तोमा बिक्री वितरण हुनेछ ।

मन्त्रालयका अनुसार उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरवार, सतुङ्गगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल र अनलाइन मार्फत उपत्यका सहित अन्य ४९ स्थानहरुबाट र दुग्ध विकास संस्थानका आउटलेटहरु लैनचौर, न्यूरोड, खुमलटारलगायत स्थानमा सहुलियत मूल्य पसल राखिनेछ।

सहुलियत पसलमा नून प्रति केजी १८ रुपैयाँ (प्रति परिवार ४ केजीका दरले), चिनी प्रति केजी ७० रुपैयाँ (प्रतिपरिवार ४ केजीका दरले) र घ्यू प्रति लिटर ८७० रुपैयाँमा पाइनेछ।

त्यस्तै चामलमा प्रति किलो ५, खसी,बोका र च्याङ्ग्रामा प्रति किलो १० र दालमा ५ रुपैयाँ छुट दिईनेछ। सिमी र गेडागुडीमा प्रतिकिलो १० फापरमा ५ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ सस्तो पर्नेछ।

मन्त्रालयका अनुसार यस्ता सहुलियत पसल छठ पर्वको भोलिपल्टसम्म संचालनमा आउनेछन्।

वि.सं.२०७७ असोज १४ बुधवार १७:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...