back
NMB ad

२० हजार कर्मचारीलाई कोरोना संक्रमण

Kumari bank ad

वासिङटन । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजोनका झण्डै २० हजार कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको बताइएको छ ।

अमेजोनले यही बिहीबार आफ्ना १९ हजार ८ सय भन्दा धेरै कर्मचारी संक्रमित भएको जानकारी दिएको हो । अमेरिकी कम्पनी अमेजोनले अनपेक्षित रुपमा संक्रमण फैलिएको पनि जनाएको छ ।

अमेजोनले ६ सय ५० स्थानमा हरेक दिन ५० हजारको कोरोना परीक्षण गरेको छ । अमेरिकाको सिएटलमा मुख्य कार्यालय रहेको यस कम्पनीसँग लाखौँ कामदार आवद्ध छन् । ‘यो संकट सुरु भएदेखि नै हामीले हाम्रा कर्मचारीलाई सूचना दिन र सचेत गराउन कठिन मेहनत गरेका छौँ,’ अमेजोनले आफ्नो ब्लग पोस्टमार्फत यस्तो बताएको छ ।

साथै कर्मचारीहरुमा संक्रमण फैलने क्रम अझै बढ्नसक्ने भन्दै कम्पनीले सबैलाई सचेत पनि गराएको छ । अमेरिकामा गत मार्चदेखि नै कोरोनाभाइरसका संक्रमित देखिन थालेका थिए ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १४:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...