back
NMB ad

शिक्षकहरुका लागि यस्तो आयो अवसर: २ लाख बढी तलब दिनेगरि यति धेरै संख्यामा खुल्यो जागिर

Kumari bank ad

काठमाडौं । काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ।

इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।

शिक्षकहरुको कमाइ मासिक २ हजार अमेरिकी डलरसम्म हुने सो कम्पनीले दाबी गरेको छ। इनोभेट टेकद्वारा नेपालमै विकाश गरिएको माई सेकेण्ड टिचर एपले हाल क्याम्ब्रिज विश्वबिद्यालयको बिद्यालय पाठ्यक्रममा आधारित डिजिटल पाठ्यसामाग्रीहरुको विकास र विश्वस्तरमा प्रवर्धन गरिरहेको छ ।

हाल जापान, कोलम्बिया, चिन, सिंगापुर, इजिप्ट, भारत, इन्डोनेसिया, ओमन लगायत विश्वका १६ भन्दा बढी देशका ६० भन्दा बढी बिद्यालयले नेपालमा विकशित यो एप्प्लिकेसनमार्फत् विभिन्न पाठ्यसामग्रीहरुको प्रयोग गरिरहेका छन्।

दुई वर्ष अघि अर्थात सन् २०१८ मा स्थापना भएको इनोभेट टेकद्वारा विकशित माई सेकेण्ड टिचर एसिया प्यासिफिक क्षेत्रमा कहलिएको नाम हो।

सन् २०२० मा एसिया प्यासिफक क्षेत्रमा उत्कृष्ट १० इ-लर्निङ्ग टेक्नोलोजी कम्पनीहरुमा पर्न सफल माई सेकेण्ड टिचरमार्फत हाल विश्वका ५० हजार भन्दा बढी शिक्षक तथा बिद्यार्थीहरुले अध्ययन अध्यापन गरिरहेका छन्।

परम्परागत शिक्षण पद्दतिलाई समय सापेक्ष र भविष्यउन्मुख प्रविधिमा रुपान्तरण गरिरहेको इन्नोभेट टेकले, यस अभियानमा संलग्न हुनको लागि विभिन्न विषय र क्षेत्रका विशेषज्ञ, शिक्षक र प्राबिधिकहरु लै आग्रह गरेको छ ।

https://www.innovatetech.io/jobs/  यस लिंकमा गएर आवदेन दिन सकिने छ।

वि.सं.२०७७ असोज १८ आइतवार ०९:१४ मा प्रकाशित

You can share this post!

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...