back
NMB ad

हिमालयन बैंकमा रहेको हबिबको शेयर विक्री गर्न हम्मे

Kumari bank ad

काठमाडौं । पाकिस्तानी हबिब बैंकलाई हिमालयन बैंकमा रहेकोे २० प्रतिशत संस्थापक शेयर विक्री गर्न हम्मे परेको छ ।

उक्त शेयर किन्न करीब डेढ वर्षअघिदेखि चासो देखाएको बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी) कोभिडको कारण देखाउँदै पन्छिएको छ ।

गतवर्ष बैंकको वार्षिक साधारणसभा अघिसम्म हबिबको शेयरको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिएको र बाँकी साधारणसभापछि गर्ने भनिएको थियो । तर, तत्कालै यसो हुन सकेन । तर, अहिले कोभिडको कारण देखाएर सीडीसी हबिबको शेयर किन्नबाट पन्छिएको छ ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले सीडीसीले कोभिडका कारण उक्त शेयरमा लगानी नगर्ने आशय व्यक्त गरेको बताए । ‘हबिबका प्रतिनिधिसँग कुराकानी भएको थियो । सीडीसीले कोभिडका कारण नकिन्ने मनसाय व्यक्त गरेको छ । तत्काललाई यो स्थगित भएको छ,’ उनले भने ।

करीब १ महीना अघिसम्म सीडीसीले कोरोनाका कारण आउजाउ गर्न सम्भव नभएकाले सन् २०२० भरिलाई उक्त शेयर खरीद सम्झौता होल्ड गर्ने भनेको थियो । तर, पछिल्लो समय कोभिडको टुंगो नलाग्ने देखेपछि लगानी गर्न इच्छुक नभएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज २० मंगलवार ०६:५१ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...