back
NMB ad

चलायमान हुन थाल्यो अटोमोबाइल व्यवसाय

Kumari bank ad

काठमाडौं । दशैंतिहार नजिकिएसँगै अटोमोबाइल व्यवसाय चलायमान बन्न थालेको छ ।

 

बन्दाबन्दी र निषेधाज्ञाले थलिएको अटोमोबाइलको व्यवसाय दशैंतिहारलाई लक्षित गरी ल्याइएका स्किम र अफरहरूका कारण पनि बजार जुर्मुराउन मद्दत पुगेको हो ।

टाटा, ह्युन्दे, फोर्ड, रेनोँ, स्याङ्योङलगायत सवारी विक्री गर्दै आएका कम्पनीहरूले दशैंतिहारका लागि छूट तथा स्किम अफर ल्याएका छन् ।

दुईपांग्रेतर्फ टीभीएस, सुजुकी, यमाहाले पनि दशैंतिहार स्किम सार्वजनिक गरेका छन् । निषेधाज्ञा हटेसँगै शोरूममा सवारीसाधन बुझ्न आउनेको संख्या बाक्लिएको व्यवसायीहरूको भनाइ छ ।

चैतको दोस्रो सातादेखि सरकारले लगाएको बन्दाबन्दी साउनमा अन्त्य गरेपछि दुईपांग्रे सवारीको बजार चम्किए पनि चारपांग्रे सवारीको बजार मन्द थियो ।

साउन अन्तिम सातापछि चारपांग्रे सवारीका लागि पनि शोरूममा ग्राहक देखिन थालेकोमा सरकारले भदौ ३ गतेदेखि निषेधाज्ञा लगाएको थियो ।

भदौ २४ गतेदेखि सरकारले निषेधाज्ञा अन्त्य गरेपछि बजार विस्तारै चलायमान बन्न थालेको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

‘पोहोरको जस्तो बजार छैन, ६ महीनादेखि बन्द व्यवसायमा ग्राहक अलिअलि देखिन थालेका छन्, दशैं नजिकिँदै गएपछि बजार बढ्छ भन्ने अनुमान छ,’ उनले भने ।

अघिल्ला वर्षहरूमा दशैंअगाडि नाडाले अटो शो गर्ने र त्यसपछि दशैंसम्म अटोमोबाइलको विक्री निकै हुन्थ्यो । तर, यस वर्ष नाडा अटो शो नभएपछि व्यवसाय पहिलेको भन्दा धेरै कम हुने व्यवसायीको भनाई रहेको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार ०६:४९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...