back
NMB ad

देशभर आकस्मिक र कोभिड बाहेकका सेवा बन्द गर्ने !

Kumari bank ad

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।

नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको हो । ‘डा. केसीको खस्कँदो स्वास्थ्य स्थितिका कारण ७२ घण्टाभन्दा बढी कुर्न सक्दैनौं,’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।

६ बुँदे माग अघि सारेर २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उनको उमेर र फैलँदो कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म अनशनमा बस्न दिन नसकिने निष्कर्षमा चिकित्सक पुगेका हुन् ।

‘उहाँको उपचार प्रक्रियामा संलग्न चिकित्सकको निकट सम्पर्कमा छौं, स्वास्थ्य स्थिति खस्कँदो छ, हामी कुर्न सक्दैनौं, कडा पाइला चाल्न बाध्य हुनैपर्छ,’ डा. कार्कीले भने । चिकित्सकले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर डा. केसीको जीवनरक्षा गर्न तथा आम जनताको फाइदा हुने माग सरकारबाट पूरा गराउन आग्रह गरेका छन् ।

‘पुष्पकमलजीले आफूले यसबारे कुरा गर्ने बताउनुभयो,’ उनले भने, ‘जनताका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र सुविधा माग गरिरहेका हाम्रा अग्रज शान्तिपूर्ण सत्याग्रहमा हुनुहुन्छ । हामी उहाँलाई गुमाउन चाहँदैनौं ।’

यसैबीच, डा. केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा धर्ना दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७७ असोज २० मंगलवार ०६:४५ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...