back
NMB ad

आफ्नो खाता भएको जुनसुकै बैंकबाट नयाँ नोट पाइने

Kumari bank ad

काठमाडौं । यसपाली दशैंमा नयाँ नोट साटन नेपाल राष्ट्र बैंकमा लाइन बस्न नपर्ने भएको छ ।

आफ्नो खाता भएको जुनसुकै बैंकबाट नयाँ नोट साट्न पाइने छ । कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार नयाँ नोट केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउनेछ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट लिन सक्नेछन् ।

यसअघिका दशैंमा केन्द्रीय बैंकले निश्चित शाखाहरु तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो भने नयाँ नोट लिन उक्त शाखाहरुमा सर्वसाधारणको भीड लाग्ने गरेको थियो ।

कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव नभएपछि केन्द्रीय बैंकले आफ्नो खाता रहेको बैंकको शाखाबाट नै सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउन लागेको हो ।

वि.सं.२०७७ असोज २० मंगलवार १९:३१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...