back
NMB ad

हिल जुत्ता नलगाउँदा रिसेप्सनिष्टको जागिर चट्

Kumari bank ad

काठमाण्डौं । कार्यालयमा निर्धारित पोसाक नलगाएर आउने कर्मचारीहरुलाई कारवाही गर्ने गरिएको त देखे सुनेकै कुरा हो । तर बेलायतमा भने एकजना युवतीलाई हिल जुत्ता लगाउन नमानेको आरोपमा जागिरबाटै बर्खास्त गरिएको छ ।

लण्डनको बित्त कम्पनी पिडब्लुसी कम्पनीमा रिसेप्सनिस्टमा जागिर खाने २७ वर्षकी निकोला थर्पलाई हिल जुत्ता लगाउन अस्विकार गरेको निहुँमा जागिरबाटै निकालिएको हो ।

उक्त कम्पनीले उनलाई २ देखि ४ इनचसम्मको हिल लगाउन भनेको थियो तर उनले हिल लगाउन मानिन् । कम्पनीको नियम नमान्ने कर्मचारीलाई कम्पनीले राखिराख्ने कुरा भएन । त्यसैले उनलाई जागिरबाट बर्खास्त गरी रित्तो हात घर पठाइदियो ।

अफिसमा ९ घण्टा लगातार काम गर्नुपर्ने हुँदा हिल लगाएर काम गर्न गाह्रो पर्ने भएकाले आफुले सामान्य जुत्ता लगाउन दिन अनुरोध गरेको तर आफ्नो माग सुनुवाइ नभई उल्टै जागिरबाट निकालिएको उनले बताएकी छिन् ।

सुरुमा त यसरी जागिरबाट निकालिएपछि उनलाई बोल्न डर लागेको थियो । तर पछि उनलाई आफुमाथिको यस्तो व्यवहार निकै गम्भीर कुरा रहेको भन्ने लाग्यो । त्यसपछि उनले महिलामाथि कार्यस्थलमा हुने भेदभाव अन्त्य तथा हिल लगाउन बाध्य पार्न नपाइने कानून बनाउन माग गर्दै बेलायती संसदमा निवेदन गरेकी छिन् । बेलायतको मौजूदा कानूनले कुनैपनि कार्यालयको पोसाक नियम नमान्ने कर्मचारीलाई जागिरबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

हिल जुत्ता नलगाएको आरोपमा जागिरबाट बर्खास्त भएकी निकोलाले कानून परिवर्तनका लागि संसदमा दर्ता गरेको निवेदनको समर्थन बढिरहेको छ । तर उनलाई आउटसोर्सिंग मार्फत वित्त कम्पनीमा जागिर दिलाइदिने आउटसोर्सिंग र्फमले भने निकोलाले जागिर सुरु गर्नुअघि ड्रेस कोड पालना गर्ने करारनामामा हस्ताक्षर गरेको र पछि निहुँ खोजेर हिल जुत्ता लगाउन नमानेको भन्दै आफ्नो बचाउ गरेको छ ।

प्रकाशितः २०७३ जेठ २

वि.सं.२०७३ जेठ २ आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...