back
NMB ad

बागमती प्रदेशमा आईसीयूको संख्या बढाउने

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताउनुभएको छ ।

आज सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको छलफलमा उहाँले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनु पर्ने धारणा राख्नु भएको हो ।

प्रदेश सरकारले आईसोलेशन निर्माण एबम संचालन गरीरहेको जानकारी दिदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताउनुभयो ।

अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।

काठमाडौको सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरीरहेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी कोरोना सङ्क्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको बिषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसङ्ग समन्वय र सहकार्य हुने बताउनुभयो ।

हाल काठमाण्डौ लगायत ललितपुर, चितवन, दोलखा, काभे्र जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ति जिल्लामा आफ्ना मातहतका अस्पताल संचालन गर्न सोहि जिल्लामा रहेका एक एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्न लागिएको छ ।

ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरीसकिएको प्रदेश सरकारले जनाएको छ । काठमाण्डौको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००/१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ ।

अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसियु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेशले कोरोना परिक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसियु बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।

वि.सं.२०७७ असोज २१ बुधवार १८:०२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...