काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । बिहीवार नेपाली बजारमा प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ ।
यस्तै, चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
वि.सं.२०७७ असोज २२ बिहीवार १०:५४ मा प्रकाशित