back
NMB ad

काठमाडाैंका सडकमा अपाङ्गतामैत्री मार्ग निर्माण गरिँदै

Kumari bank ad

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो ।

 

सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी भएका सडकमा पहिलो चरणमा पैदलयात्रु मार्ग अघि बढाउँदैछ ।

डिभिजनले बढी चाप भएका सडकसँगै निर्माणका क्रममा रहेका सडकमा समेत अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने योजना बनाएको छ ।

हाल निर्माण भइरहेको गौशाला–चावहिल सडकमा यसलाई अघि बढाइएको प्रमुख नेपालीले बताउनुभयो । त्यस्तै सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको कोटेश्वर–जडीबुटी सडकमा पनि पैदलयात्रु मार्ग निर्माण गरिने भएको छ ।

गत वर्षमा आवधिक मर्मतको काम गरेर खाल्डाखुल्डी धेरै ठाउँमा हटाएको डिभिजनले यस वर्ष पैदलयात्रु मार्गतर्फ ध्यान दिएको हो ।डिभिजनले सङ्घीय सरकारअन्तर्गत सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएको छ । सङ्घअन्तर्गत धेरै सडकमा पैदलयात्रु मार्ग छैन ।

कतिपय स्थानमा भए पनि अपाङ्गता भएका व्यक्ति मात्रै होइन अरु पैदलयात्रुलाई समेत आवतजावत कठीन हुने किसिमको रहेको देख्न सकिन्छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ११:२३ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...