काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आउने भएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको साधारणसभा असोज २९ गते हुँदै छ । कम्पनी सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । आईपीओ निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । संस्थापकको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार १५:५० मा प्रकाशित