back
NMB ad

मुख्यमन्त्री पौडेलद्वारा काठमाडौ-तराई द्रुत मार्गको अवलोकन

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारको महत्त्वपूर्ण गौरवको आयोजना काठमाडौ तराई द्रुत मार्ग ( फास्ट ट्र्याक) को अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलसहितको टोलीले काठमाडौ तराई द्रुत मार्ग ( फास्ट ट्र्याक) को मकवानपुरगढी गाउपालिकाको बुधुने खण्डको अवलोकन गरेको हो ।

अवलोकन पश्चात मुख्यमन्त्री पौडेलले तराईलाई सोझै छोटो मार्गद्वारा काठमाडौ जोड्ने यो परियोजनाले बागमती प्रदेशसहित देशको यातायात क्षेत्रमा ठुलो महत्व राख्ने बताउनुभएको छ ।


सोही अवसरमा कृषिमा आत्मनिर्भरतर्फ लम्कदै गरेको हेटौंडा १८ नम्बर वडामा रहेको मेवा खेती हेर्ने समेत अवलोकन गर्नुभएको थियो।व्यक्तिगत र सामुहिकरुपमा लगाईएको यो खेती कृषिमा लाग्नेहरु किसानका लागि अनुकरणीय हुने उहाँको भनाई छ ।

यस्तै आज नै हेटौंडा निर्माणाधिन गौरीटार रंगशालाको फुटबल मैदान, कोभिड १९ आईसोलेशन र हेटौंडा बहुप्राबिधिक महाविद्यालय निर्माण स्थलको पनि निरीक्षण गर्नुभएको छ ।

उक्त संरचना निर्माण पश्चात बागमती प्रदेश सहित अन्य प्रदेशले पनि फाईदा लिन सक्ने पौडेलको भनाई छ । उहाँले यसबाट खेलकुद र प्राविधिक क्षेत्रले धेरै नै फड्को मार्ने बताउनुभयो ।

वि.सं.२०७७ असोज २४ शनिवार २०:५९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...