back
NMB ad

राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने

Kumari bank ad

काठमाडौं । हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो ।

कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

‘झन्–झन् कोरोनाको संक्रमण फैलिरहेकाले यस्तो जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।

राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । -आर्थिक अभियानबाट

वि.सं.२०७७ असोज २५ आइतवार ०८:५० मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...