back
NMB ad

बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो

Kumari bank ad

बागलुङ । जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ ।

जिल्लाको एक लाख ८२ हजार ७ सय ६६ हेक्टर जमिन मध्ये ४६ हजार १ सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने भए तापनि अहिले ३० हजार ५ सय ३ हेक्टर जमिनमा मात्र खाद्यन्न उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

कृषि प्रसार अधिकृत विश्वास काफ्लेका अनुसार जिल्लामा एक हजार २० हेक्टर जमिन प्लटिङ्ग, ९ हजार ९८० खोला तथा चट्टान र ९८ हजार ४६ हेक्टर जमिनको क्षेत्रफल वन जंगलले ढाकेकोको छ ।

कृषि उत्पादन क्षेत्रमा सिंचाई अभाव, बसाइँसराई तथा युवा विदेश पलायन हुँदा कृषि जनशक्तिको अभावले जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । कृषि प्रसार अधिकृत काफ्लेका अनुसार युवा बैदेशिक रोजगारीमा जाने र कृषि क्षेत्रमा ज्येष्ठ नागरिक खटिनु पर्ने बाध्यताले खाद्यन्न उत्पादनमा कमी आएको हो ।

युवा रोजगारीको शिलशिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो रहेको उल्लेख गर्दै कृषि प्रसार अधिकृत काफ्ले युवा विदेश जाँदा गाउँमा रहेका ज्येष्ठ नागरिकहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको बताउनुभयो ।

खाद्यन्न उत्पादन घट्नुुमा जमिन बाँझो मात्र नभएर सिचाँईको कमी पनि रहेको छ । बागलुङमा उत्पादन दिने जमिन मध्ये पाँच हजार ९७४ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ भने २४ हजार ५२९ हेक्टर जमिनमा सिंचाई पुग्न सकेको छैन ।

बागलुङ पहाडी जिल्ला भएको र खाद्यन्न उत्पादन जमिन डाँडामा रहेको र सिचाईको लागि पानी तल हुने गरेका कारण सिचाई नपुगेको काफ्लेको भनाई छ ।

सिंचाईको लागि खोलाको पानी खाद्यन्न उत्पादित हुने जमिनसम्म पु¥याउनस्रोत साधनको कमी रहेको जानकारी दिदै उहाँले स्रोत साधन नहुनाले नै आवश्यकता अनुसार सिचाई गर्न नसकिएको बताउनुभयो ।

संघीय संरचना अनुरुप कृषि सेवा केन्द्र खारेज भए पछि स्थानीय तहबाट बाँझो जमिनको तथ्याङक अद्यवधिमा समस्या भएको छ । जिल्लामा बाँझो जमिन अझै थप हुन सक्ने काफ्लेको भनाई रहेको खबर आजको गोरखापत्रले छापेको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०७:३१ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...