back
NMB ad

नयाँ कीर्तिमान बनाउँदै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुले नयाँ कीर्तिमान कायम गरेको छ । कुखुराको मासुको मूल्य बढेर नभई घटेर नयाँ कीर्तिमान कायम गरेको हो ।

लकडाउन खुलेलगत्तै मूल्य बढेर आकाश छुने अनुमानविपरीत कुखुराको मासु उकालो नभई ओरालो लाग्न थालेको छ। लकडाउनको समयमा उत्पादन घटेकाले व्यवसायीहरूले लकडाउनपछि मूल्य बढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए।

तर, व्यवसायीहरूको अनुमानको ठिकविपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हाराहारीमा आइपुगेको छ। यसअघि, निषेधाज्ञाको समयमा घटेर कुखुराको मासुको मूल्य प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो।

चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम छ। उपत्यकामा २१० सम्म पाइन थालेको छ । खास गरी, उपत्यका भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घटिरहेको छ।

वि.सं.२०७७ असोज २७ मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...