back
NMB ad

एनआईसी एशिया बैंकको चाडपर्व लक्षित ‘डिजिटल उत्सव’ योजना : कुनमा कति छुट ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षति गर्दै एक विशेष योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट दिनेगरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको हो ।


यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

फाइदा नै फाइदाले भरिएको यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

देशव्यापी कोरोना महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंककोले विश्वास लिएको छ ।

चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहकहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ ।

वि.सं.२०७७ असोज २८ बुधवार ११:३९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...