back
NMB ad

बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आह्वान

Kumari bank ad

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आह्वान गर्नुभएको छ ।

मन्त्री गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित गराउने अभियान प्रभावकारी हुन नसक्ने स्पष्ट पार्नु भयो ।

‘एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित् गर्ने राष्ट्रिय अभियान अधुरो रहनेछ,’ बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल)ले बुधबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले भन्नु भयो,‘बाल अधिकार सुनिश्चित् गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि एकीकृत कार्यक्रम बनाएर अघि बढन म सम्बद्ध सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

उहाँले बालबालिकासँग केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर मन्त्रालयसँगको सहकार्यमा जोड दिएको समेत बताउनु भयो ।

मन्त्री गुरुङले ‘बालमैत्री नेपाल’ निर्माण हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना बनाउने कामलाई तीब्रता दिइएको पनि स्मरण गराउनु भयो ।

राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थालाई एउटै कार्यक्रमका साथ अघि बढाएर बाल अधिकार सुनिश्चित गराउने अभियानलाई सार्थक बनाउन लागिपर्ने मन्त्री गुरुङको भनाई थियो ।

उहाँले बालबालिकाहरु सृजना र सम्भावनाका खानी भएकाले उनीहरुको हितका लागि सम्बन्धित सबै पक्षले अग्रसरता लिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा बाल अधिकारकर्मी तारक धिताललगायतले बालबालिकाको हितका लागि उनीहरुको अर्थपूर्ण सहभागितामा मात्रै नीति र कार्यक्रम बनाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनु भएको थियो ।

वि.सं.२०७७ असोज २८ बुधवार १४:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...