back
NMB ad

आएनन् तिब्बती च्यांग्रा

Kumari bank ad

काठमाडौं । दसैं सँघारमा छ । यो पर्वलाई लक्ष्य गरी मुस्ताङबाट बर्सेनि भेडाच्यांग्रा बागलुङ, पर्वत, कास्कीलगायत जिल्लामा ल्याइन्थ्यो । पछिल्लो समय काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा पनि लैजान सुरु भएको थियो ।

यस पटक भने च्यांग्रा निकै कम मात्रामा झरेका छन् । यसले मूल्य अकासिएको छ । आपूर्ति घटेपछि बढी मूल्य हुँदा सामान्य परिवारले मुस्ताङी च्यांग्राको मासु खान नसक्ने अवस्था आएको छ । च्यांग्राको मासु नखाएसम्म दसैं खल्लो हुने सर्वसाधारणको गुनासो छ ।

मुस्ताङको च्यांग्रासमेत हेर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अभिलेखअनुसार यो वर्ष मुस्ताङबाट दसैं बजार लक्षित गरी जम्मा ६ हजार २ सय खसी जिल्लाबाहिर गएका छन् ।

संघ तथा प्रदेश सरकारले परियोजनालाई दसैं लक्षित बजार पठाइने च्यांग्राको क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) गर्ने जिम्मेवारी दिएको छ । ‘बजार लैजान लागिएका खसीको ज्वरो, झोक्राउने, खाना नखाने, छेरौटे लागेकोलगायत रोग लागेरनलागेको परीक्षण गरी पठाउने गरेका छौं,’ परियोजना प्रमुख समीर थापाले भने, ‘यो वर्ष ६ हजार २ सय खसी हाम्रो चेकपोस्टमा अभिलेख गरी तल लगिएको छ । सबै च्यांग्रा यहाँ रहँदा स्वस्थ्य छन् ।’

यसअघि पोखरामा मात्रै ३० हजार हाराहारीमा च्यांग्रा लगिन्थ्यो । मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा च्यांग्रा पाल्ने गरिन्छ ।

यो वर्ष लोमान्थाङबाट २ हजार र लोघेकर दामोदरकुण्डबाट १५ सयको हाराहारीमा च्यांग्रा तल झारिएको छ । दसैंमा मुस्ताङबाहेक डोल्पाको छर्काभोट, मुगुबाट केही र तिब्बतको कोरला नाकाबाट धेरै खसी ल्याउने गरिन्थ्यो ।

पहिलापहिला तिब्बतीहरू आफैंले खसी लिएर बेच्न आउँथे । पछिल्ला वर्ष लोमन्थाङ क्षेत्रका व्यापारीले तिब्बती च्यांग्रा एकमुष्ट खरिद गरी ल्याउने गर्न थालेका थिए ।

कोरोना महामारीका कारण कोरला नाका सिल हुँदा तिब्बतबाट एउटै च्यांग्रा नआएको, मुगु र डोल्पाली पनि च्यांग्रा कम भित्रिएको र मुस्ताङमा उत्पादन ह्वात्तै घटेकाले यस पटक कम भएका हुन् ।

अघिल्लो वर्ष डोल्पाबाट ३ हजार र कोरला नाकाबाट १० हजार तिब्बती च्यांग्रा भित्रिएका थिए । दुई वर्षअघि लामो समयसम्म अधिक भारी हिमपातमा पुरिएर उपल्लो मुस्ताङमा आठ हजारभन्दा बढी भेडाच्यांग्रा मरेका कारण यो वर्ष उत्पादन घटेको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएका छन् । कान्तिपुर दैनिकमा घनश्याम खड्काले खबर लेखेका छन् ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०७:४२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...