back
NMB ad

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा कात्तिक २४ गते, के-के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । असोज २९ गते लाभांश प्रस्ताव सार्वजनिक गरेको शिवम् सिमेन्टले असोज ३० गते साधारण सभाको मिति सार्वजनिक गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बिहीवार सार्वजनिक गरेको थियो । लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न उक्त कम्पनीले साधारण सभा गर्न लागेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय, अनामनगर, काठमाडौंमा विहान ११ बजे सभा शुरु हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । सभाले प्रस्तावित नगद लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसमेत गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेकाले कात्तिक १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभामा शेयरधनीहरुलाई जुमप्रविधि मार्फत सहभागी गराइने पनि कम्पनीले बताएको छ । कम्पनीको चुक्तापूँजी हाल रू.४ अर्ब ४० करोड रहेको छ ।

सोहि पूँजीको आधारमा कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । उक्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५ करोड ८४ लाख २९ हजार खुद नाफा गरेको थियो ।

उक्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू.२४ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ४३ रहेको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...