back
NMB ad

व्यावसायिक कागती खेतीमा कृषकहरु आकर्षित

Kumari bank ad

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् ।

दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् ।

प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको थियो ।

बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थाल्नुभएको छ ।

कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गर्नुभएका उहाँले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाउनुभएको छ । अहिले हुर्किसकेका ती कागती तीन वर्षमै फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन

। श्रेष्ठले रू छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाउनुभएको हो । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उहाँकोे भनाइ छ ।

एउटै कागतीको रू दुईमा बिक्री भए पनि वार्षिक लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउनुहुन्छ । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गर्नुभएका श्रेष्ठले माछापालन र धानखेती पनि गर्नुभएको छ ।

सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गर्नुभएको छ । बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उहाँ बताउनुहुन्छ ।

दाङबाट ल्याएको सुन जातको कागती लगाउनुभएकी उहाँले केरा र कागतीको खेती सँगसँगै गर्नुभएको छ । एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ ।

उहाँसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गर्नुभएको छ । दुबै जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिनुुहुन्छ ।

वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ । सुनवल नगरपालिकाले पनि वडा नं। ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ ।

पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्याल जानकारी दिनहुन्छ । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उहाको भनाइ छ ।

कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन्

वि.सं.२०७७ असोज ३० शुक्रवार ११:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...