सिन्धुपाल्चोक । २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनर्निर्माण हुने भएको छ।
पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा पुनर्निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ।
भारतको कर्नाटक राज्य सरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा पुनर्निर्माण हुन लागेका हुन्।
सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा.ल्हार्क्याल लामा, बागमती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनर्निर्माण हुन लागेको हो।
वि.सं.२०७७ असोज ३० शुक्रवार ११:५१ मा प्रकाशित