back
NMB ad

देशभरका प्रशासनलाई लागू हुनेगरि गृह मन्त्रालयले दियो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँअनुसार मन्त्रिपरिषदले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको हो ।

’नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ। त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’प्रवक्ता बुढाले भन्नुभयो,’भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं।’

यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताएका थिए।

वि.सं.२०७७ असोज ३० शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...