back
NMB ad

नेपालबाट सुन तस्करीमा नेताका भाइ संलग्न !

Kumari bank ad

काठमाडौं । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ ।

भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद सुनको मूल्य करिब १८ करोड रुपैयाँ छ ।

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको उनको भनाइ छ । सुन दराजभित्र राखिएको अवस्थामा बरामद भएको हो ।

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरी आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगन्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०८:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...