back
NMB ad

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो अलग–अलग स्थानबाट निर्वाचन गर्ने तालिका

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ५४ औं वार्षिक साधारण सभाका लागि काठमाडौंका तीन अलग– अलग स्थानमा निर्वाचनका कार्यक्रमहरु गर्ने भएको छ ।

महासंघको आगामी मंसिर ११ र १२ गते वार्षिक साधारण सभा तथा १३ गते निर्वाचन कार्यक्रम गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।

महासंघले बुधवार सार्वजनिक गरेको तालिका अनुसार महासंघको कार्यालय टेकु, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की व्याङकेट बबरमहलमा निर्वाचनका कार्यक्रम गरिने उल्लेख छ ।

यो वर्ष कोरोना संक्रमणका कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई आधार मानी अलग– अलग स्थानमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले बताएको छ।

तीन सदस्यीय निर्वाचन समितिको मुख्य निर्वाचन अधिकृतमा उपेन्द्रकेशरी न्यौपाने रहेका छन् भने अन्य निर्वाचन अधिकृतमा रमणकुमार कर्ण तथा लिलामणी पौडेल रहेका छन् ।

महासंघका अनुसार उम्मेद्वारहरुले विभिन्न पदका लागि मनोनयन पत्र दाखिला बुधवार देखिनै गर्न सक्नेछन् भने मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मंंसिर चार गते प्रकाशित हुनेछ।

त्यसैगरी उमेदवारहरुको अन्तिम नामावली मंसिर ८ गते प्रकाशन हुने छ । निर्वाचनका लागि भोटिङ भने मंसिर १३ गते विहान ८ बजेदेखि दिउँसो चार बजेसम्म हुनेछ। मतगणना पनि निर्वाचन सकिए लगत्तै शुरु हुने सूचनामा उल्लेख छ । -आर्थिक अभियानबाट

वि.सं.२०७७ कात्तिक ५ बुधवार १०:१० मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...