back
NMB ad

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

Kumari bank ad

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐनको दफा ६९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ (२) कार्यान्वयनका लागि तयार पारिएको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ बमोजिम ६० लाख रुपैयाँमाथिको टेन्डर आह्वान गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर गर्नुपर्ने र ३० दिनको समयअवधि राख्नुपर्ने कानुनी प्रावधान छ ।

तर, व्यापार कम्पनीले विद्युतीय खरिद प्रणालीअनुसार टेन्डर आह्वान नगरी १५ दिनको मात्र सूचना जारी गरेर आफूअनुकूल ठेकेदारलाई चामल खरिद गर्न लगाएको खुलासा भएको छ ।

खाद्य व्यापार कम्पनीले कानुनी मापदण्ड पूरा नगरी चामल खरिद गरिरहँदा पनि सरकार मौन बसेको छ । चामल खरिदकै क्रममा कम्पनीका कर्मचारीले व्यापारीसँग कमिसन खान आन्तरिक मिलेमतोमा कानुनी मापदण्डविपरीत टेन्डर गरी बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सयदेखि ७ सय रुपैयाँ महँगोमा चामल खरिद गरेको छ । कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेको हो ।

यति ठूलो रकममा १ लाख क्विन्टल चामल खरिद गर्दा राज्यलाई सिधै ५ करोडभन्दा बढी घाटा भएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेर गोदाममा थन्क्याएको चामलसमेत गुणस्तरहीन भएको पाइएको छ ।

खाद्य व्यापार कम्पनीले खरिद गरेको गुणस्तरहीन ५ ट्रक चामल अझै कम्पनीको थापाथलीस्थिति कार्यालयको गादोममा छ । कम्पनीले थापाथलीस्थित कार्यालयको गोदाममा भण्डारणका लागि १० हजार क्विन्टल सानो मन्सुली चामल राखेको छ । जसमध्येको ५ ट्रक गुणस्तरहीन भएको बताइएको छ ।

स्रोतका अनुसार व्यापारीसँग कमिसन खान कम्पनीका कर्मचारीले सो गुणस्तरहीन चामल फिर्ता नगरी गोदाममै थन्क्याएर राखेका हुन् । व्यापारीसँग कमिसन खान तीन महिनादेखि गुणस्तरहीन चामल गोदाममै थन्क्याएर राखिएको स्रोतको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:१७ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...