back
NMB ad

एक लिटर दूधमा तीन रुपैयाँ अनुदान

Kumari bank ad

काठमाडौं । मुसीकोट नगरपालिका–२ का रमेश केसीले गत वर्ष भैंसी पालनबाट २४ हजार रुपैयाँ अतिरिक्त आम्दानी गरे । ४ नम्बर वडाका राजु ओलीको १९ हजार थप आम्दानी हुँदा १३ नम्बर वडाका नारायण खड्काले पनि १७ हजार कमाए ।

उनीहरू मात्र होइन, नगरपालिकाका दूध उत्पादक किसानले अतिरिक्त कमाइ गरिरहेका छन् । नगरपालिकाले व्यावसायिक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिन थालेपछि उनीहरूले अतिरिक्त आम्दानी गरिरहेका हुन् । गत आर्थिक वर्षमा सुरु भएको कार्यक्रम ६ महिना मात्र चले पनि यस वर्ष निरन्तरता दिइएको छ ।

गत वर्ष १५ जना किसानले यो अनुदान पाए । नगरपालिकाले अनुदान कार्यक्रम ल्याएपछि हौसला बढेको केसीले बताए । ‘भैंसी किन्न र भकारो सुधारमा पनि अनुदान पाइरहेका छौं,’ उनले भने, ‘दूधमा पनि अनुदान दिएपछि थप व्यावसायिक बन्न सहयोग पुगेको छ ।’

अहिलेसम्म १ लाख १५ हजार रुपैयाँ अनुदानबापत किसानलाई वितरण गरिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए । ‘व्यक्तिगत तथा सामूहिक रूपमा दूध उत्पादनमा लागेका कृषकलाई यो सुविधा दिएका छौं,’ उनले भने, ‘कार्यक्रमले किसानलाई थप व्यावसायिक बन्न सहयोग गरेको छ ।’ नगरपालिकाका अनुसार अनुदान पाउनका लागि किसानले एक वर्षमा कम्तीमा ५ सय लिटर दूध सूचीकृत डेरीमा बिक्री गरेको हुनुपर्छ ।

यो वर्ष नगरपालिकाले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...