काठमाडौं । प्रभु बैंकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि मात्र लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ मंसिर २२ सोमवार ०८:१२ मा प्रकाशित