back
NMB ad

कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएः अर्थ मन्त्रालय

Kumari bank ad

काठमाडौं । कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ ।

अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये प्रमाणीकरण भएका कुनै बीमितको भुक्तानी नरोकिएको बताएका छन् ।

उनले प्रमाणीकरण भएका कसैको पनि बीमा भुक्तानी नरोक्न अर्थले निर्देशन दिएपछि सोमवारसम्म ७ हजार ३ सय ६८ ले प्रमाणीकरणपश्चात् भुक्तानी पाएको बताए । ४ हजार दाबीहरू प्रामाणीकरणको चरणमा रहेको र प्रमाणीकरण भएपछि उनीहरूले भुक्तानी पाउने आचार्यको भनाइ छ ।

आचार्यका अनुसार एकैफेर ठूलो संख्यामा दाबी पर्दा प्रमाणीकरणमा ढिलाइ हुन पुगेको हो । ‘बीमा भुक्तानीको पनि प्रक्रिया हुन्छ, प्रक्रिया नाघेर भुक्तानी दिन मिल्दैन, प्रक्रिया मिलाउँदा ढिला भएको हो,’ उनले भने ।

कतिपय दाबीहरूको प्रमाणीकरण स्वास्थ्य संस्थाबाटै गर्नुपर्ने भएकाले दाबी गरेका सबै बीमितले एकैफेर भुक्तानी पाउन नसकेको अर्थका अधिकारीहरूको भनाइ छ ।

अहिले दैनिकजसो भुक्तानीको विवरण बीमा समितिले अर्थलाई जानकारी दिने गरेको छ । अर्थका अनुसार नियामक निकायको रिपोर्टिङअनुसार दैनिक भुक्तानीको संख्या बढ्दो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:४३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...