back
NMB ad

७ हजार मेवाका १७० आयोजनाले पीपीए गर्न पाएनन्

Kumari bank ad

काठमाडौं । सरकारले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको कोटा सकिएको भन्दै विद्युत् खरीदरविक्री सम्झौता (पीपीए) रोकेपछि करीब ७ हजार मेगावाट बराबरको आयोजना पीपीए गर्नबाट वञ्चित भएका छन् ।

आरओआर जलविद्युत् आयोजनाको कोटा सकिएको भन्दै सरकारले करीब डेढ वर्ष यतादेखि त्यस्ता आयोजनाको ‘टेक एन्ड पे’ मा पीपीए गर्न बन्द गरेको थियो ।

फलस्वरूप कुल ६ हजारदेखि ७ हजार मेगावाटसम्म क्षमताका निजीक्षेत्रका करीब १७० ओटा जलविद्युत् आयोजनाको पीपीए हुन सकेको छैन ।

कोटा सकिएको भने तापनि सरकारले जलविद्युत् आयोजना सर्वेक्षणको अनुमतिपत्र भने धमाधम वितरण गर्दै आएको छ । विद्युत् विकास विभागको तथ्यांकअनुसार गत आवमा १ हजार ६९१ मेगावाट क्षमताका २६ आयोजना र चालू आवको हालसम्म ८८ मेगावाट क्षमताका ५ आयोजनाले सर्वेक्षणको अनुमतिपत्र लिएका छन् । तीमध्ये अधिकांश आयोजना आरओआर प्रणालीमा नै आधारित छन् । तर, सरकारले डेढ वर्षयता पीपीए गरेको छैन ।

सरकारकै स्वामित्वमा रहेको विद्युत् किन्ने एक मात्र निकाय नेपाल विद्युत् प्राधिकरणले डेढ वर्षयतादेखि त्यस्ता आयोजनाको ‘टेक एन्ड पे’ पीपीए नगरेको हो ।

सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि प्रवद्र्धक कम्पनीहरूलाई धमाधम लाइसेन्स दिइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:४५ मा प्रकाशित

You can share this post!

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...