back
NMB ad

ढुंगागिटी, बालुवाको काम चाँडै सक्न निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले प्रदेश राजधानीको समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभएको छ ।आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कंडेलले यस्तो आग्रह गर्नुभएको हो ।

बैठकमा उहाँले ढूगा गिटी बालुवाको काम चाँडै सक्न निर्देशन दिनुभएको छ । यसलाई आगामी समिक्षा भन्दा पहिला नै प्रगतिको रुपमा जाने गरी काम गर्न आग्रह गर्नुभएको हो ।

कंडेलले यो अवधिमा मनत्रालयको खर्च आधा मात्रै भएकोले मन्त्रालयले कुन गतिमा काम गरिरहेको छ भनेर थाहा पाउन समस्या नहुने बताउनुभयो । ‘मन्त्रालयलाई प्रथम चौमासिकको लागि छुट्याएको बजेटको आधा मात्रै खर्च हुनेले के इँगित गर्छ त्यो हामीले भनिरहनु नै पर्दैैन’ उहाँले भन्नुभयो ।

उहाँले सरकारको निर्णयको कारण वैज्ञानिक बन व्यवस्थापनमा समस्या भयो भन्ने कुरा सहि भएको भन्दै यसमा के फुकाउनु पर्ने हो त्यो तत्काल फुकाउन आवश्यक भएको उहाँको तर्क छ ।

यसका सम्वन्धित क्षेत्र हेर्ने आयोगका सदस्यलाई सहजिकरणको लागि आग्रह गर्नुभएको छ । धेरै लामो समयसम्म यो कार्यक्रम रोकेर राख्ने हो भने सरकारले निर्धारण गरेको लक्ष्यमा असर पर्ने बताउनुभयो ।

बैठकमा बन मन्त्रालयमा कर्मचारी तल धेरै रहेको र काम माथी धेरै रहेको समस्या देखिएको भन्दै यो समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । उहाँले यसको लागि आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले विकासमा वनले सहयोग गरेको भन्दै विकास आयोजनालाई सहज बनाउन अझै आवश्यक रहेको बताउनुभयो । त्यसको लागि ऐन, कानूनमा संशोधन आवश्यक छ भने त्यसमा अझै पुनरावलोकन गर्न समेत आग्रह गर्नुभएको छ ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढूंगानाले आयोजनालाई स्रोत व्यवस्थापन गर्ने र त्यसको स्वीकृत गर्नको लागि अर्थ मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

यस्तै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले २० हजार हेक्टर बन विकास आयोजनाले उपभोग गरेको बताउनुभयो । उहाँले तयारीका काम सन्चालन नगरी अन्य काम नगर्ने भनेपनि तयारीका काम नसक्ने र वन मन्त्रालय बाधक भएको भन्न नमिल्ने बताउनुभयो । उहाँले ढुंगागिटीको मापदण्डलाई सरल बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा महालेखा नियन्त्रक मधु मरासिनीले वन मन्त्रालयको पुँजीगत खर्च सन्तोषजन नभएको बताउनुभयो । उहाँले अहिले गत वर्ष भन्दा धेरै खर्च कम भयो उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षमा पनि ७६.८८ प्रतिशत मात्रै खर्च भएको र यो प्रयाप्त नभएको धारणा व्यक्त गर्नुभयो । मन्त्रालयको पुँजीगत खर्च बढाउन सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गर्नुभएको छ ।

वन क्षेत्रको ढुंगा गिटी निकाल्न दिने हो भने राज्यले धेरै राजस्व पाउने उहाँको दाबी छ । बनमा रहेको ढुंगा गिटी समयमा ननिकाल्दा रुख विरुवा हुर्कन नसकेको भन्नै वन क्षेत्रबाट अपेक्षा अनुसार आर्थिक लाभा लिन नसकेको बताउनुभयो । उहाँले नयाँ क्षेत्रमा पैसा लिने हो भने वनको ढुंगा गिटी निकाल्ने नीति आवश्यक रहेकोले त्यो अनुसार अघि बढनुपर्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी मन्त्रालयले गरेका कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै नयाँ कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । उहाँले भएका कामको प्रगति प्रभावकारी रुपमा हुन आवश्यक रहेको धारणा राखे ।

बैठकमा वन मन्त्रालयका अधिकारीले निर्धारण गरेका कार्यक्रमले वातावरण क्षेत्रमा प्रभावकारी काम हुन नसकेन बताउनुभयो । काठ बन्यजन्तु, पर्या पर्यटनलाई समेटेर काम गर्न अवाश्यक रहेको भन्दै वन क्षेत्रबाट हुने रोजगारीमा ध्यान दिन अवाश्यक रहेको धारणा राख्नुभयो । बन क्षेत्रमा वैदेशिक लगानी आउन नसकेको भन्दै यसमा लगानी बढाउने तर्फ लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य दिल बहादुर गुरुङले समृद्धिका लागि वन कार्यक्रम पहिलो चौमासिकमा किन अघि नबढेको ? भन्दै प्रश्न गर्नुभएको छ । अहिले गुर्जोको निकै चर्चा चलेको भन्दै यसमा प्रभावकारी अध्ययन गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:०९ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...