back
NMB ad

यी १६ वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश, कुनको कति ?

Kumari bank ad

काठमाडौं । २६ ओटा वाणिज्य बैंकमध्ये १६ ओटा बाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत आवको मुनाफाबाट यसवर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

१६ ओटा बैंकमध्ये एनआईसी एशिया बैंक र सिटीजन्स बैंकले साधारण सभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छन् । एनआईसी एशियाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सिटीजन्स बैंक इन्टरनेशनलले मंसिर २० गते सम्पन्न वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै लाभांश पारित गर्नका लागि कुमारी बैंक र माछापुच्छ्र्रे बैंकले साधारण सभा आयोजना गरेका छन् ।

कुमारी बैंकले मंसिर २९ गते र माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा आयोजना गरेका हुन् । कुमारी बैंकको लाभांश पाउनको लागि मंसिर १४ गतेसम्म कायम शेयरधनीले पाउनेछन् भने माछापुच्छ्रे बैंकको लाभांश असोज २१ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

बाँकी अन्य बैंकहरुले साधारण सभाको मिति तय गर्न बाँकी रहेको छ । गत वर्षभन्दा यस वर्ष अधिकांश बैंकले नगदमा भन्दा बोनस शेयरमा जोड दिएका छन् ।

हालसम्ममा सबैभन्दा बढी बोनस शेयर १९ प्रतिशत एनआईसी एशिया बैंकले दिएको हो । त्यस्तै दोस्रोमा एनसीसी बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । १६ ओटा कम्पनीमध्ये सनराइज बैंक र प्रभु बैंक बाहेकका बैंकले गतवर्षभन्दा यसवर्ष बोनस शेयरमा जोड दिएका छन् ।

सनराइज बैंकको गतवर्षको तुलनामा यसवर्ष बोनस शेयर घटेको छ । गतवर्ष १० प्रतिशत बोनस शेयर वितरण गरेकोमा यसवर्ष कम्पनीले जम्मा ५ दशमलव ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै प्रभु बैंकले गत वर्ष १६ प्रतिशत बोनस शेयर दिएकोमा यसवर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक अभियानबाट

वि.सं.२०७७ मंसिर २४ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...