back
NMB ad

सरकारी सेनाले नै कर्मचारीलाई गोली हानेपछि…

Kumari bank ad

एजेन्सी । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ ।

उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ ।

सरकारी सेनाको निर्देशनविपरीत उक्त क्षेत्रमा राष्ट्रसंघका प्रतिनिधि गएकाले गोली हानेको सरकारी सेनाका अधिकारीहरुले जनाएका छन् ।सरकारी सेनाले गत नोभेम्बरदेखि उक्त क्षेत्रमा विद्रोही टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) सँग संघर्ष गरीरहेको छ ।

विद्रोही र सरकारी सेनाबीच गोलाबारी चलिरहेका बेला राष्ट्रसंघका प्रतिनिधि शरणार्थी शिविरको अवलोकनका लागि जान लागेको समाचारमा जनाइएको छ ।

सरकारी सेनाका दुई चेकप्वाइन्ट पार गरेकाले उनीहरुमाथि गोली चलाएको सेनाले दावी गरेको छ । घटनाको बारेमा राष्ट्रसंघले कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रसंघले इथियोपिया सरकारलाई हरेका वर्ष खाद्यान्न र चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेको भनिएका स्थानहरुमा पनि खाद्यान्न स्वास्थ्यसम्बन्धी सहायता सहज रुपमा पु¥याउन राष्ट्रसंघले इथियोपियलाई आग्रह गरेको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १७:२३ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...