back
NMB ad

आफ्नै रेकर्ड तोड्दै सातौं पटक ल्हाक्पा सगरमाथामा !

Kumari bank ad

काठमाण्डौं । आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा शेर्पा सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन्। उनको सफल आरोहणबारे सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी गराएका छन्।

यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड उनले तोडेकी हुन्। आज बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेपछि उनी ‘सातौंपटक सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला’ बनेकी हुन्।

सन् २००२ मा एकै परिवारका दिदीबहिनी र भाइसँगै सगरमाथाको चुचुरोमा पुगेपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्। ४२ वर्षीया उनको घर संखुवासभा हो। सन् २००२ पछिका पाँच सगरमाथा आरोहण उनले तिब्बतबाट गरेकी थिइन्। अमेरिकामा रहँदै आएकी उनले पछिल्लो पटक सन् २००६ मा सगरमाथा आरोहण गरेकी थिइन्।

७ जेठ २०७३, १.०,राससको सहयोगमा

वि.सं.२०७३ जेठ ७ शुक्रवार १३:३६ मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...