back
NMB ad

बैंक अफ काठमाण्डूले वितरण गर्यो नगद लाभांश

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डूले यो वर्षको नगद लाभांश पारित गरेको भोलिपल्ट देखिनै वितरण गर्न शुरु गरेको छ ।

कम्पनीले मंसिर १५ गते सम्पन्न २६औं वार्षिक साधारण सभामार्फत १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २ दशमलव ९९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।

बैंकले नगद लाभांश मंसिर १६ गतेदेखिनै बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुको हकमा खातामै जम्मा गरिदिएको हो । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र बैंक खाता अद्यावधिक नगरेको शेयरधनीहरुको हकमा भने सबै प्रकृया पूरा गरेपश्चात नगद खातामा जम्मा गरिने समेत कम्पनीले बताएको छ ।

साथै, आफ्नो शेयर धितो राखी कर्जा लिएकाहरुले भने उक्त कम्पनीबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नो अब्जेक्सन लेटर र बुक क्लोज पछाडी कर्जा चुक्ता गरेकाहरुले नगद लाभांश फुकुवा गरी शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कम्पनीको भनाइ छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोनस शेयर भने सूचीकरण प्रकृयामा जाने हुँदा समय लाग्ने बैंकले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १३:४८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...