back
NMB ad

तीन स्थानीय तहका प्रशासनिक भवन बन्दै

Kumari bank ad

काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दैछन् । जसमा तिला गाउँपालिका, सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिका रहेका छन् ।

स्थानीय तहले साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले करिब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागि परेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

आगामी दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । नयाँ बन्ने भवन अपाङ्गमैत्री हुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

यहाँका छ गाउँपालिकाले हाल प्रयोग गरेका प्रशासनिक भवन निजी घरमा भाडा तिरेर बसेका छन् । चन्दननाथ नगरपालिकाको आफ्नौ प्रशासनिक भवन रहेको र गुठीचौर गाउँपालिकाले साविको गाविस भवनमा प्रशासनिक कार्यालय सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, हिमा गाउँपालिका र कनका सुन्दरी गाउँपालिकाले प्रशासनिक भवन निर्माण कुनै टुङ्गे लगाएका छैनन् ।

अस्थायी कोभिड अस्पताल :

गुठिचौर गाउँपालिकाले पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको जानकारी दिए ।

कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनका लागि स्थानीय सरकार लागि परेको अध्यक्ष भण्डारीले बताए । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामालाल प्याकुरेलले बताए ।

सङ्घीय सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख बजेट पठाएको गाउँपालिकाले जनाएको छ । सो अस्पातलमा अहिले दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताए । गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीयवासी बताउँछन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १३:११ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...