काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ३१ अंकले बढेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ५८ प्रतिशतले बढेर १ हजार ९७५ दशमलव ३३ विन्दुमा पुगेको छ ।
दोस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. १ अर्ब ८८ करोड ९७ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १८ हजार ५७२ पटकको व्यापारमा भएको हो ।
वि.सं.२०७७ मंसिर २८ आइतवार १३:०१ मा प्रकाशित