back
NMB ad

चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा परियोजना सञ्चालन हुने

Kumari bank ad

इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ ।

केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो । सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ ।

परियोजनाद्वारा सञ्चालित तालीममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक/एक वटा तालीम स्थान रहनेछ । तालीम १५ महिना अवधिको रहनेछ । सीप विकास तालीमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ ।

गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालीम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालीममा सिकाइने छ ।

छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) मापदण्डको तालीम गराउने परियोजनाका डा.सुमित अधिकारीले बताए । डा. अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालीम हुनेछ ।

परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालीम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत रु तीन करोड ११ लाख ५६ हजार ४६३ खर्च गरिनेछ । कूल लागतमा रु दुई करोड १५ लाख ५० हजार तीन सय कार्यक्रममा खर्च गरिनेछ ।

यस्तै रु पाँच लाख १० हजार छ सय सञ्चालन खर्च गरिनेछ । रु १८ लाख ६५ हजार ५६३ प्रत्यक्ष खर्च गरिनेछ । रु दुई करोड ८५ लाख १६ हजार ४६३ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडको रु २६ लाख ४० हजार योगदान रहने सङ्घका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १२:५६ मा प्रकाशित

You can share this post!

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...