back
NMB ad

नेपाल–भारत उडान नौ महिनापछि पुनःसञ्चालन गरिने

Kumari bank ad

सिबी अधिकारी, काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ ।

आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।

दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।

कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ ।

काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमको तयारी तीव्र

नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ ।

लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुनलागेको हो ।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ ।

बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिनुभयो ।

भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताउनुभयो ।

निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...