back
NMB ad

कोलकाता बन्दरगाहमा ईडीआईः प्रणाली छ, पारदर्शी छैन

Kumari bank ad

काठमाडौं । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली लगाइएको ३ महीना बित्न लाग्यो ।

बन्दरगाह भन्सारको प्रक्रियालाई पारदर्शी र छरितो बनाउन लगाइएको यो प्रणालीबाट आयातकर्ताले अझै लाभ लिन भने पाएका छैनन् । कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो ।

ईडीआईमार्फत आयातकर्ताका प्रतिनिधिले आफ्नै कार्यालयबाट प्रक्रिया पूरा गर्न सक्ने बताइएको थियो । तर, भन्सारमै उपस्थित भएर प्रक्रिया पु¥याउनुपरेको प्रतिनिधिले बताएका छन् ।

कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन असोजको पहिलो सातादेखि यो प्रणाली अनिवार्य गरिएको हो । त्यसअघि पनि बन्दरगाहमा यो प्रणाली कार्यान्वयनमा थियो । भन्सार कर्मचारीको स्वार्थका कारण प्रणाली प्रभावकारी हुन सकेको छैन ।

पछिल्लोपटक अनिवार्य गरिने घोषणाका साथ लागू गरिए पनि पुरानै प्रवृत्ति दोहोरिएको आयातकर्ताका प्रतिनिधिले बताएका छन् । अनलाइनबाट कागजात पेश गरेर प्रक्रिया पूरा गर्दा अदृश्य आय प्रभावित हुने भएकाले पूर्ण कार्यान्वयनमा बन्दरगाह भन्सारले बेवास्ता गर्दै आएको आयातकर्ताको गुनासो छ ।

भारतीय सीमा शुल्क प्रधान आयुक्तको कार्यालयले ईडीआई अनिवार्य गरेको थियो । भारतका लागि आउने कार्गोमा यसअघि नै पूर्ण कार्यान्वयनमा छ । नेपालको कार्गोमा मात्रै उदासीन देखिएको हो ।

कोलकाता बन्दरगाहबाट नेपालका लागि आउने अधिकांश कार्गो सीटीडीमा भित्रिन्छन् । वर्ष २०२०र२१ को पहिलो ८ महीनामा कोलकाता बन्दरगाहबाट ३४ हजार कन्टेनर ल्याइएका छन् ।

तीमध्ये २३ हजार ४ सय कन्टेनर कोलकाताबाट सडकमार्ग हुँदै नेपाल भित्र्याएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले बताएको छ । सडकबाट आउने सबै कन्टेनर सीटीडीमा आउँछन् । रेलमा समेत सीटीडीका कन्टेनर ढुवानी हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:१७ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...