back
NMB ad

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको नँया कार्यकारी समिति गठन

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनमा बोर्डका अधिकृत गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।

नँया कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र सिंह लामा, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा शुशीला कुमारी बराल, सहसचिवमा रामप्रसाद लामिछाने रहनुभएको छ ।

यस्तै सदस्यहरूमा जयशत्ति शर्राफ, शिवराज पाण्डेय, विद्या गौतम र कल्याणी लामिछाने रहेका छन् । सो कार्यसमिति २०७७ मंसिर २६ मा आयोजित नेपाल पर्यटन बोर्डको एकल कर्मचारी युनियनको साधारण सभाबाट निर्वाचित भएको हो ।

युनियनका अध्यक्ष कुन्दन मिश्रको सभापतित्वमा, संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोर्डका कार्यकारी समितिका सदस्यहरु दीपक महत तथा अवधेश कुमार दास अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा मन्त्री योगेश भट्टराईले आशा गरिएको २०२० मा पर्यटन विकास तथा प्रर्वधनका कार्यहरू गर्न नसकिरँहदा २०२१ लाइ कसरी नेपाललाई विश्वमा नै आर्कषक गन्तव्यका रुपमा विकास गर्ने योजनामा बोर्ड तथा युनियनको नवीन योजनाको खाँचो रहेको बताउनुभयो ।

उहाँले कोराना महामारीको अन्त्यपछि अन्तराष्ट्रिय पर्यटनको क्षेत्रमा बाढी नै आउने भएको कारण सो अवसरलाई प्रयोग गर्न बोर्ड लाग्नुपर्ने निर्देशन दिँदै भन्नुभयो, ‘अब तपाईहरुलाई अन्तराष्ट्रिय पर्यटन बजारमा के गर्न सकिन्छ सो को कार्ययोजना बनाउने होमवर्क समेत दिन्छु ।’

कार्यक्रमको उदघाटन गर्दै युनियनका सचिव सन्तोष वित्रम थापाले नेपाल पर्यटन बोर्डको कर्मचारी युनियन एकल युनियन रहनुको पृष्ठभुमि, विगतको संकटको बेला पर्यटन पुनः उत्थानको बेला खेलेको रचनात्मक भुमिका र हाल महामारीमा गरेका कार्यहरुको जानकारी दिँदै स्वागत गराउनुभएको थियो ।

कार्यक्रममा युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले नेपाल पर्यटन बोर्डको कर्मचारी यूनियनको तर्फबाट बोर्डको निर्देशक तह आवाधिक हुनुपर्ने एक सुत्रीय माग पेश गर्नुभएको थियो ।

बोर्डमा कर्मचारीहरुको वृति विकासका अवसरहरु पर्याप्त नहुँदा कर्मचारीहरु निरुत्साहित भएको हुनाले बोर्डमा अधिकृत तहमा सेवा प्रवेश गरेका आठौं तहका अधिकृतहरुले सेवा निवृत हुने समयसम्म कम्तीमा निर्देशक पदबाट निवृत हुने ब्यवस्था सुनिश्चत हुनुपर्ने माग सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षर सहित मन्त्री, सचिव, कार्यकारी प्रमुख र बोर्ड कार्यकारी समिति सदस्यहरु समक्ष पेश गरिएको थियो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...