back
NMB ad

उत्तरी नाका बन्दको असर : वर्ष दिनदेखि निर्यात ठप्प

Kumari bank ad

काठमाडौं । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि नाकाबाट हुने निर्यात पूर्णरूपमा बन्द भएको व्यवसायीहरूले बताएका छन् ।

नेपालबाट चीनतर्फ हस्तकला, गलैंचा, कार्पेटलगायत सामग्रीको राम्रो निर्यात हुने गरेको छ । अघिल्लो वर्ष चीनमा कोभिडको लहर देखिएपछि नेपाली पक्षले नै नाकाबाट हुने कारोबार बन्द गरेको थियो ।

कोरोना विश्वव्यापी बन्दै गएपछि भने चीनले नै नाका बन्द गरेको थियो । त्यसयता व्यवसायीहरूले बारम्बार नाका खुलाउन सरकालाई पहल गर्न आग्रह गरे पनि नाका खुल्न सकेको छैन ।

गत जेठमा नेपाल–चीन वाणिज्य सचिवहरूबीच भएको सहमतिअनुसार नाका खुलेर आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्पै छ ।हाल चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनर सामान पु¥याइदिने गरेका छन् भने नेपाली कन्टेनरहरू सीमापारि जान पूर्णरूपमा निषेध गरिएको छ ।

नाका बन्द हुँदा नेपाली उत्पादनले बजार नपाएको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

उनले संघबाट धेरैपटक नाका खुलाउन पहल गरिदिन सरकारलाई आग्रह गरे पनि नतीजा देखिने गरी काम नभएको बताए । उनले भने, ‘दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनर आइरहेका छन्, निर्यात त ठप्प नै छ ।’ संघका सचिव तथा नेपाल चीन द्विदेशीय व्यापार गरिरहेका लेप्साङ शेर्पाले चिनियाँ बजारको विकल्प खोजिरहेको बताए । उनले सामान्य अवस्थामा पनि चीनतर्फ सामान निर्यात गर्दा विभिन्न समस्या रहेको बताए ।

उनका अनुसार चिनियाँ व्यापारीहरूको एकाधिकारका कारण निर्यातमा समस्या रहेको छ । चिनियाँ लाइसेन्स लिएका व्यापारीहरूले मात्र सामान आपूर्ति गर्न पाउने भएपछि बजार हुँदाहुँदै पनि मागअनुसार निर्यात गर्न हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...