back
NMB ad

मध्यपहाडी लोकमार्ग : म्याद सकिनै लाग्यो, भएन जाजरकोट खण्डमा कालोपत्रे

Kumari bank ad

जाजरकोट । सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रेको काम शुरु हुनसकेको छैन । कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म शुरु हुनसकेको छैन ।

तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो । कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन् ।

सडकको सात मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम शुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो ।

पहिलो चरणमा ४९ करोड २६ लाखमा काम हुनेछ भने अर्को भागमा ५० करोड ४७ लाखको काम भइरहेको छ । त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ । अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ ।

सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ । पचपन्न किलोमिटरभित्र चिसो कम हुनबित्तिकै कालोपत्रको काम शुरु हुने बताइएको छ ।

पैँतीस किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ । पाँचथरको चियाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:२६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...