back
NMB ad

नेपाल टेलिकमले ल्यायो एफटीटीएच–जाडोमा न्यानो अफर, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ ।

यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर पुस १ गतेदेखि कार्यान्वयनमा आइसकेको छ ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक CPE र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बर (Customer Contact Number) मा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी-थ्रीजी-फोरजी सबै नेटवर्कमा, २४सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।

एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा रु. १० हजारभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल रु. १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएच सेवामा उपलब्ध सबै प्याकेजहरु र सोको मूल्य सम्बन्धी विवरण नेपाल टेलिकमको वेबसाइटमा रहेको लिंक https://ntc.net.np/tariff/ftth-tariff  मा उपलब्ध गरिएको छ । न्छ ।

एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको छ । निकट भविष्यमा कम्पनीले आइपीटिभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...